कलाकारको फेसबुक आईडी ह्याक गरी रकम माग गर्ने किशोर पक्राउ

चैत्र २४, काठमाडौँ- कलाकारको फेसबुक आईडी ह्याक गरी रकम माग गर्ने व्यक्ति पक्राउ परेको छ ।

पर्सा जिल्ला अहुदरमाई नगरपालिका वडा नं ५ बस्ने बर्ष १४ को अहुदरमाई (परिवर्तित नाम) नेपाली कलाकार क्षेत्रका केहि कलाकारहरुले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनधिकृत पहुँच पुर्याई, फेसबुक अकाउन्ट ह्याक गरी त्यस संग जोडिएका साथीहरु संग रकम माग गरेको पाईएकोले पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार उनीबारे थप अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया