भोली शिवरात्रिका लागी सवारी रुट

प्रविना खतिवडा

काठमाडौँ, भाेलि परेको शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी तीब्र पारेको छ । शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ ।

काम बिशेष तथा पशुपतिनाथ दर्शनका लागि जाने भक्तजनहरुका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी रुट, पार्किङ क्षेत्र तथा निषेधित क्षेत्र निर्धारण गरेको छ ।

चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ आउने  द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया