नेपाल महिला एकता समाजको आयोजनामा १५ औं राष्ट्रिय महिला सम्मेलन हुँदै

काठमाडौं । विगत २१ बर्षदेखि भूमिहीन महिलाहरूको सवालमा काम गर्दै आएको नेपाल महिला एकता समाजको आयोजनामा १५ औं राष्ट्रिय महिला सम्मेलन काठमाडौमा भोली आइतबार हुँदै छ । सामाजिक न्याय र समानता प्रबद्र्धन गर्ने उदेश्यका साथ आयोजना हुने महिला सम्मेलनमा विभिन्न माध्यमबाट महिला सशक्तिकरण लगायतका कार्य गर्ने विषयमा छलफल हुनेछ भने १५ औं सम्मेलनको घोषणापत्र समेत सार्वजनिक हुने नेपाल महिला एकता समाजले जानकारी दिएको छ ।

नेपाल महिला एकता समाजले ४० भन्दा बढि जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया