विवश डि.सी.
कोभिड–१९ विश्वव्यापी महामारीको पहिलो भेरियन्टको प्रभाव पूर्ण रूपमा सेलाउन नपाउँदै पुन: दोश्रो भेरियन्टको प्रभाव पनि तीव्र वेगमा विश्वव्यापी रूपमा फैलिइसकेको थियो । दिनप्रतिदिन संक्रमितहरूको संख्या र मृत्युदर बढ्दै गएपछि २०७८ बैशाख १६ गतेदेखी लागुहुने गरी उपत्यका र देशैभरी दोश्रो लकडाउनको घोषणा भईसकेको थियो । आंशिक र पूर्ण रूपमा महिनौ सम्मको लकडाउन र चरणबद्ध रूपका निशेधाज्ञाहरूले थिलोथिलो वनेको अर्थतन्त्र र सामाजीक जनजीवन सहज र सामान्य रूपमा फर्कन नपाउँदै, मुलुक पुनः दोश्रो पटकको लकडाउन र निशेधाज्ञाको सन्त्रासमा छटपटाइरहेको थियो । अत्यावश्यक श्रोत, साधन, भौतिक पूर्वाधार, आधुनिक उपकरणहरू र प्रर्याप्त औषधि उपचारको बन्दोबस्त गरी संक्रमितहरूको सहज उपचार गर्दै संक्रमण रोक्न र भौतिक मानविय क्षतीलाई न्यूनिकरण गर्न सम्पूर्ण प्रक्रियामा जुट्नुपर्ने राष्ट्रको प्रमुख र जिम्मेवार निकाय, युगले विकास गरेको उच्चतम प्रविधिलाई ठाडो चूनौती दिदै एक्काइसौ शताब्दीको नयाँ वैद्यको रूपमा वेसार पानीको “वुटी”बाँडेर सार्वजनिक मिडियाहरु मार्फत लोकजगत हसाउँदै गरेको अवस्था थियो । कतिपय यस्तो कुरामा रमाईरहेका थिए भने संक्रमितलाई यस्ता तर्कले पीडा दिएको थियो ।
यति, सेक्कुरिटी प्रिन्टिङ प्रेस काण्ड काण्ड, वाइइवडी काण्ड लगायत दर्जनौ काण्डहरु बीचमा तत्कालीन सरकार कोरोना स्वास्थ्य सामाग्री खरिदमा ओम्नी काण्ड थप गर्यो । जसबाट नेपाली जनता तथ आहत भए । कोभिड उपचार क्रममा आयात गरिने करौडौको औषधी उपचार र सामाग्री हरूको खरदि प्रक्रियामार्फत घोटला भएको कुरा कतै छिप्न सकेन । लकडाउन र निशेधाज्ञाको अन्य थुप्रै प्रभावकारी र वैज्ञानिक विकल्पहरू हुँदाहुदै पनि हजारौं मजदूर र आम श्रमजीवी नेपालीका भोका पेटहरुलाई कोठा भित्रै बन्द गरेर अन्ततः उसको प्रतिगामी कदम र सामन्ती मण्डले प्रवृतिको विरूद्धमा सडकमा उर्लिदै गरेको जनसागर र छताछुल्ल पोखिएको जनआक्रोशलाई कोरोनाको हाउगुजी देखाएर गेटको कम्पाउण्ड भित्रै वन्द गर्नु उसको निम्ती एक मात्र सहज विकल्प थियो लकडाउन र निशेधाज्ञा !
लकडाउनको घोषणा भएतापनि केही जरूरी र महत्वपूर्ण काम सम्पन्न गर्नुपर्ने भएकोले १६ गते विहान हिडेरै अफिस पुगँे । शरिर अलि असहज भइरहेको थियो । अफिस पुगेपछि झन् गार्हो भयो । आफ्नो शरिर आफैलाई भारी भयो । जसो तसो दिन कटाए । बेलुकापख सहकर्मी विक्रमजीले घरसम्म पु¥याई दिनुभयो । रातभर सहि नसक्नु ज्वरो आयो । बेसरी टाउको दुख्यो । जाडो भयो । बैशाखको दिनमा पनि दुईवटा सिरक खापेर ओढ्दा पनि जाडोले सरिर काँपी रह्यो हस्पिटल पुग्न सक्ने तागत बाँकी थिएन । जसोतसो उज्यालो भयो । सिनामंगल भत्केको पुलस्थित एक क्ल्नििक सम्म पुगेर शरिर विसाइयो । खैके खैके भने जस्तै डाक्टर साहेवलाई समस्याको वेली विस्तार लगाए । डाक्टरसाहेवले आवश्यक चेकजाँच गरेर थप चेकअपको निम्ती रगत जिकाल्दै रिपोर्टको निम्ती १२ वजेआउनु भन्दै विदादिनुभयो । मुस्किलले कोठा पुगेर लम्पसार परियो । पछि रिपोर्टमा रक्त अल्पता र टाइफाइट दुवै भएको जानकारी भयो र सोही मुताविक औषधी पनि पठाउनुभएछ ।
५\६ दिनसम्म नियमित औषधि सेवन पश्चात पनि समस्या समाधान हुनुको सट्टा झन जटिल बन्दै गयो । श्वासप्रश्वासमा समस्या हुँदै गएपछि फेरी उही डाक्टरलाई भेट्न जाँदा हामीले गर्ने उपचार यही हो बरू तपाई सुविधा सम्पन्न हस्पिटल गएर तुरून्त पीसीआर गराईहाल्नु भन्ने सुझाव आयो । सवारी साधन बन्द थिए । एम्बुलेन्सलाई खवर गरियो । तै पनि एम्बुलेन्स पनि आउन मानेन ।घन्टौ सम्मको प्रयास असफल भए पश्चात मेरो दाजु डि.बी. बस्नेतलाई खबर गरे । दाई तत्काल आइपुग्नु भयो । नानीहरुलाई कोठा भित्रै थुनेर, दाइले मलाई थेग्दै थेग्दै गाडीमा हालेर सिभिल हस्पिटल मिनभवनतर्फ गाडी हुक्याउनु भयो ।
कोभिड महामारी र त्यसले आमजनमानसमा पारेको नकारात्मक असर, संक्रमित विरामीहरुको भीड, पीडा, वेदना , चित्कार चौतर्फी सन्त्रास, कोलाहल । अर्कोपट्टी मृत शरिरहरुको प्याक अनि उसका आफन्तजन हरुको कारुणिक र ह्दयविदारक चित्कार तथा हस्पिटलको कम्पाउण्ड भित्र यत्रतत्र छरिएर छटपटाई रहेका विरामीहरुको छटपटी र चित्कार देख्दा र सुन्दा त्यो कुनै एउटा अमुर्त स्वास्थ्य संस्थाको मात्र नभई , सिङ्गो राज्य व्यवस्थाकै असक्षमता र अस्तव्यस्तता हो भन्ने कुरा हस्पिटलको गेट नजिकैबाट जो कसैले पनि प्रष्ट देख्न, पढ्न र बुझ्न सक्दथ्यो ।
काउन्टरको सुझाव अनुसार रूम नं.२ सय १५ रगत विशेषज्ञ डाक्टर विशेष पौडेलको वाहिर पट्टी फलामे कुर्सीमा शरिरलाई जवरजस्ती लामो समयसम्म अड््याई रहे । घन्टौपछि मेरो पालो आयो । क्लििन्कको रिपोर्ट र काउण्टरले दिएको टिकट डाक्टर को हातमा थमाउँदै समस्याको वेली–विस्तार लगाए । जटिल वनिसकेको मेरो शारिरिक अवस्थालाई गहिरो गरी नियाल्दै डाक्टरले तपाइलाई रक्त अल्पता र टाइफइट मात्र हैन कोभिड संक्रमण पनि भइसकेको छ, बरू कति मात्राको हो त्यो मात्र पत्तालगाउन तत्काल पीसीआर गराउन जानुस, रिपोर्ट आएपछि थप प्रक्रिया बढाउला भन्दै ल्याबको चिट र औषधिको लिष्ट दिनुभयो ।
स्वाव संकलन को निम्ति घण्टौ लाइनमा वस्नुपर्यो । लाइनमा वसेका अन्य विरामी र संक्रमितहरूको अनुभूति सुन्दाखेरी म आफुपनि संक्रमति भइसके भन्ने कुरामा मलाई पनि शंका रहेन । किनकी अरुहरु र आफ्ना भोगाई र वुझाइहरु समान थिए । त्यो कुरा मैले डि वी दाइ र मेनुकालाई सेयर गरे । जे भएपनि नआत्तिन ढाडस दिदै सम्झाउनुभयो ।
त्यतिवेला सम्म अवस्था झन जटिल वनिसकेको थियो । आफुलाई पनि अव हस्पिटलाइज हुनुपर्छ जस्तो लाग्यो । दिनभरीको भोको पेट तनाव र छटपटी को बीचबाट हस्पिटल वेड को निम्ति डि.बी. दाइले चिनेजानेका साथी भाई र आफन्तहरूसँग दाइले पनि सम्पर्क गर्नुभयो । सयौं कल फोन गर्यौ मैले पनि थुप्रै कलहरु गरे तर कहि कतै वेड पाउन सकिएन । मेरो आत्मिय मित्र विर हस्पिटलको डाक्टर एकनाथ तिमिल्सिनालाइ कल गरे । उहाँ आफै संक्रमित भएर घरमै रहनुभएको जानकारी पाए । शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना भने मैले पनि । वीर हस्पिटलमा वेड चाँही छैन भुईमा बसेर उपचार गर्ने भए म भनिदिन्छु भन्नुभयो । वीर हस्पिटल त्यसमा पनि भुईँमा लम्पसार अँह त्यो उचित लागेन । बरू त्यही सिभिल हस्पिटल कमाउण्डमा पल्टीएर ह्याप–ह्याप गर्दै, जिन्दगीको अन्तिम क्षणमा मृत्युसँग संघर्ष गर्दै गरेका विरामीहरु कै लाइनको एकछेउमा आफूपनि लम्पसार परौ जस्तो भईसकेको थियो ।
त्यो वेलाका सरकारी हस्पिटलहरु उच्च पदस्थ र हुनेखाने व्यक्तिहरु कै नियन्त्रण भित्र थिए र उनिहरुकै सोर्सफोर्स र हाली मुहाली चल्दथ्यो । मेरो जिन्दगीमा हस्पिटल आउजाउ र वसाई सम्बन्धी लामो अनुभवले त्यही वताउथ्यो । अनि हामी र हामी जस्ता सामान्य नागरीकहरूले त त्यो वेला हस्पिटल वेडको नाम सम्झने मात्र थियो । केही समयपछि केही साथीहरूले दैनिक २२–२५ हजार तिर्न सक्ने हो भने प्राइभेट हस्पिटलको एक–दुइवटा वेड खाली भएको जानकारी गराउनुभयो । मैले पनि एक छिन सोचे, हिसाव गरें, कतिदिन हस्पिटल बस्नुपर्ने हो ? उपचारको त्यो खर्च मेरो आफ्नो प्राण भन्दा पनि महँगो लाग्यो मलाई । निर्दोष र निहत्था गरिब नेपालीहरुको प्राणसँग आफ्नो दिर्घ जिवन साट्नेहरुलाई, राज्यकोषमाथी व्रम्हालुट गरेर बाँच्ने हरुलाई अनि सम्पतिको रासमाथी अट्टा हाँसो हाँस्ने हरुलाई जनताको समवेदनाले कहाँ हुन्ट र ? विरामीहरको चिसो भुईँ माथीको छटपटिले कहाँ दुख्छ र ? बल्ल तल्ल स्वाव संकलनको पालो आयो । स्वाव दिइयो । हस्पिटलको काम सकिएपछि वेलुका तिर कोठा फर्कियौ । थप सल्लाह गर्यौ । सबै अवस्थालाई विचार गर्दा होम आइसोलेसन नै मेरो निम्ति उपयुक्त लाग्यो । नानीहरु कृष्ट्रिना र कृतिका लाई दाइले आफुसँगै च्यापेर मामाघर लैजाने र म त्यही रुममा नै बस्ने निर्णय भयो । हुन त म हम्मेसा शारिरिक रूपले अस्वस्थ मान्छे नै हो । करिव आधा दर्जन शारिरिक समस्याहरूको कुम्लो बोकेर वर्षौं सघर्ष गरीरहेको अनुभूति ताजै छ । जेहोस ति सारा समस्या हरुसँग जुध्दै, १० वर्षे जनयुद्धको क्रममा गणतन्त्र प्राप्तिको निम्ती पूर्वी पहाड हरुमा हरक्षण आगोसँग खेल्दा जिन्दगीले थुप्रै पटक मृत्युलाई नजिकवाट सुम्सुमाइ सकेको छ । काललाई धेरै पटक जितिसकेको छ । कैयौं पटक त मृत्युसँग अकंमाल गरेर मुस्किलले बाँचेर आएको नाफाको जिन्दगी हो यो मेरो । त्यति मात्र होइन वर्ग संर्घष भित्रका थुप्रै अन्तरसंघर्षहरुमा सयौं हण्डर र ठक्करहरुलाई वेर्होदै सयांै चोट र पीडाहरू पचाई सकेको जिन्दगी हो यो । त्यसैले पनि मसँग हदैसम्मको सहन सक्ने ताकत रहेछ । चाहे आफ्नो शरिर पूरै आगोमा जल्दै गरोस् । मैले साहस र धैर्यतालाई गुम्न दिइन । अनि मनोविज्ञानलाई कतिपनि खुम्च्याइन । अनि पल पल लडिरहे, त्यो असह्य पीडासँग उच्च साहस र मनोविज्ञानका साथ ।
समय वित्दै गयो । आफुले ओढेको पातलो ब्ल्याङकेटले पनि शरिरलाई नमिठो गरी दुखाइरह्यो । श्वास प्रश्वासमा गम्भीर समस्या देखिदै गयो । निरन्तर डाएरिया, ज्वरो, छाती फुट्ला जस्तो खोकी र दुखाईलगायतका समस्याले खपि सक्नु थिएन । मानौ म आफू सुती रहेको वेड, आगोको भङुग्रो हो र म आपूु आगोको भुङग्रोमा जलीरहेको छु । त्यो बेला मैले प्रत्येक सेकेन्ड, सेकेन्डको समय नाप्न थाले ताकी यो सेकेन्ड सम्म त बाचियोे, तर अव अर्को सेकेन्ड र मिनेट सम्म चाँही बाँच्न सकिने भइएन भन्ने आफैलाइ लागिरह्यो । सायद सापेक्षताको सिद्धान्त भनेको यही होला भन्न लाग्यो ।
फोक्सोले अक्सिजन लिन र आवश्यकता अनुरूप फिल्टर पम्पिङ गर्न नसकेपछि स्वास फेर्न नसकेर हिरिक–हिरिक हुनेगरी खोकी लाग्ने र स्वास फेर्न नसकिने रहेछ । अबचाँही झन् बाचिएला जस्तो हुन छाड्यो । अक्सिजन सिलिण्डरको खोजी गरियो । त्यो बेला अक्सिजन सिलिण्डरहरु पनि र कमिशनखोरहरुकै नियन्त्रण भित्र हुन्थ्यो । अक्सिजन सिलिण्डरको अभाव थियो । तैपनि डि. वी. दाइको ठूलो प्रयास र लामो मेहनत पश्चात एउटा ठूलो सिलिण्डर अक्सिजन लिएर लखन र दाई आइपुग्नुभयो । धेरै मेहनत गरेर लखनजीले पाइप माक्स फिट गर्नुभयो ।
नाकमा अक्सिजन माक्स लगाएपछि स्वास फेर्न धेरै सजिलो मात्र भएन, नयाँ जिवन प्राप्त गरेको अनुभूत भयो । अनि आफ्नै जिन्दगीको धुमिल आकृति आँखा अगाडी नाच्न थाल्यो । त्यो बेला सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमहरुमा भाइरल भइरहेका कारुणिक दृश्य र ह्दय विदारक चित्कारहरु जस्तै आधा लिटर अक्सिजन देउ सरकार, मेरो विरामी “प्यासेन्ट”कोल्यात्स हुन लाग्यो, भन्ने स्वास्थ्यकर्मीको चित्कारले जो कसैको हृदय चर्किन्थ्यो । विरामीको मुखमा आफ्नो मुख जोडेर अन्तिम स्वास दिन खोजीरहेको दृश्य, दुई चारसय रुपैयाँ मूल्य पर्ने औषधी खरिद गर्न नसक्दा अथवा हस्पिटल ले मागेजति पैसा दिन नसक्दा आफ्नो प्यारो मान्छेको जिवन बचाउन नसकिएको विरामीका आफन्त जनहरुको गुनासाहरु, अनि खुल्ला आकासमुनि हस्पिटलको कम्पाउण्ड भित्र चिसो भुईमा विरामीहरुको अन्तिम छटपटी र चित्कारहरुलाई देख्दा र सुन्दा मलाई आफ्नो दुखाइले भन्दा पनि ति विभत्स हृदयविदारक दुखाइले झन् बढी पोल्यो । अनि हृदय छिया–छिया भयो । जे जस्तो अवस्थामा भएपनि म आफु त आफ्नै वेडमा मृत्युसँग जुध्दै थिए । त्यो वेला उनीहरुलाई गम्लङ्ग अगांलो हालौ र उनीहरुको अंगालोमा वेरिएर उही पीडा र समान भोगाइलाई साटासाट गरौ जस्तो लाग्यो तर अफसोच ! मलाई त्यो छुट थिएन र अवस्था पनि थिएन ।
त्यत्रिमात्र होइन , एउटै शव वाहनमा दर्जनौ मानव सरिर “शव”हरु दाउरा जस्तै खात लगाएर दाहसंस्कारको निम्ति घाट तर्फ लैजादै गरेको दृश्य, आफन्तको शव जलाउन नसकेर उखुपेली सकेपछिका बोक्राहरु दाउराको रुपमा खोसाखोस र लुछाचुडी गरीरहेको दृश्य अनि दर्जनौ सवहरुलाई एउटै चिहान थुप्रोमा जलाउँदै गरेको दृश्यले मानवीय मनोविज्ञान र भावनामा नमिठो चोट परीरहेको थियो । र मेरो पनि हृदयलाई छिया छिया वनाइरहेको थियो । यस्ता हृदयविदारक दृश्य र परिघट्नाहरु देख्दा पनि कैयन संक्रमति तथा विरामीहरु मनोवैज्ञानिक रुपमा आधा उधी मरिसकेका हुन्थे । तर मैले ति कारुणिक एवं हृदयविदारक दृश्यहरुलाई जवरजस्त पचाइ रहे । रिफ्रेस हुन गीत संगित र विशेष गरी जनवादी गितहरु सुनिरहे, जुन गीत संगीतले मलाई हर क्षण उर्जा दिइरहन्थ्यो ।
अक्सिजन पाएपछि फोक्सोले पनि राहत पाएछ क्यारे, स्वास प्रस्वासमा अलि सहज भयो र क्रमकि रूपमा मृत्युलाई जित्दै नयाँ जीवनको धुमिल आकृति आँखा अगाडि सल्वलाउन थाल्यो । यद्यपी शारिरीक पीडा र दुखाइ लामो समय सम्म रहीरह्यो । समग्रमा मैले अनुभूति गरेको कोभिड वास्तवमा औषधीले भन्दा पनि मनोवैज्ञानिक उपचार तथा संक्रमितहरुको उच्च आत्मबल र आफ्नै घरको तातो, रसिलो, झोलिलो, पोसिलो खाध्य पदार्थको सेवन नै महत्वपुर्ण खुराक रहेछ भन्ने अनुभूत भयो । विभिन्न संघसंस्था तथा सरकारी निकायको हेराइलाई मध्यनजर गर्ने हो भने उच्च पद प्रतिष्ठा र सुविधा सम्पन्न महलको माथिल्लो उचाइवाट हेर्ने, बुझ्ने र अनुभूति गर्ने कोभिड र सडक छेउमा झुपडीहरुले अनुभूत गर्ने कोरोनाको वीचमा आकास जमिनको फरक थियो । यदी म पनि आत्तिएर हस्पिटल भर्ना भएको भए सम्भवत म पनि सिलप्याक भएर उतै जान सक्थे होला जहाँ ति विभत्स दृश्यहरु आखाँ अगाडी देखिरहन्थे । तर जेहोस क्रमिक रूपमा करिव ४५–५० दिन पछि पूर्णरुपमा ठिक भयो ।
अन्तमा मृत्युको प्रवाह नगरी मलाई त्यो बेला मलाई चपक्क च्यापेर हस्पिटलसम्म पु¥याउने र अक्सिजन सिलिण्डर अहोरात्र खोजेर उपलब्ध गराउनेदेखि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने डि. वी. बस्नेत दाई, प्रत्येक क्षण हेरविचार गरीरहने जिवनसाथी मेनुका लगायत विभिन्न तह र तरिकाबाट उपचारमा संलग्न फ्रन्ट लाइनका डाक्टरहरू, नर्स दिदी बहिनीहरु लगायत महत्वपूर्ण सुझाव , सल्लाह र सुवेक्षा व्यक्त गरेर मलाइ नयाँ जीवन प्राप्त गर्न र पुन ः जिउन प्रेरणा दिइरहनु हुने आफन्तजन लगायत सबै–सबैलाई आज सम्झेर हृदय देखि नै नमन गर्न चाहन्छु ।
लेखक नेकपा माओावदी केन्द्र ओखलढुङ्गा–काठमाडौं सम्पर्क समन्वय समितिका इन्चार्ज हुनुहुन्छ ।