काठमाडौँ, नेपाली किकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछाने बिरुद्वकाे जबर्जस्तीको करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले बहस नोट पेश गर्न आदेश गरेको छ । न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आज दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश गरेकाे हाे ।
काठमाडौं जिल्ला अदालतले गत बर्ष कात्तिकमा सन्दीपलाई एक नावालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो। थुनामा पठाउने आदेश बिरुद्व परेको निवेदन प्रतिवेदनमा उच्च अदालत पाटनले २० लाख धरौटीमा छुट्न आदेश गरेसंगै उनी धरौटीमा छुटेका हुन् ।
याे मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न प्रमाण झिकाउने आदेशका कारण फैसला हुन सकेको छैन ।