‘‘स्टार अटोमा आउनुहोस्, बजाजका मोटरसाइकल खरिदमा तिहार धमाका अफर पाउनुहोस्’’

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरेर बजाज मोटरसाइकलले आइतबारदेखि मोटरसाइकल एक्सचेन्ज मेलासहित विभिन्न किसिमका अफरहरूको घोषणा गरेको छ । एक्सचेन्ज मेला भोली आइतबारदेखि शुरू हुँदैछ । यसै अनुरूप अब नेपालभरबाट स्टार अटोमा लैनचौर (स्काउट भवन) र बालाजु (नयाँबजार विष्णुमती) पुल नजिकै रहेको स्टार अटोको सेल्स कार्यालयमा आई ग्राहकले आफ्नो मोटरसाइकल अपग्रेड गर्न सक्नेछन् ।

यसरी मोटरसाइकल नयाँ खरिद गर्दा वा एक्सचेन्ज गर्दा ग्राहकले प्रत्यक्ष रूपमा १० हजार रूपैयाँ छूट प्राप्त गर्नेछन् । त्यसैगरी शून्य ब्याजदरमै फाइनान्सको सुविधा पनि ग्राहकले प्राप्त गर्नेछन् । तिहार अफर अन्र्तगत स्टार अटोमा आई बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले निशुल्क एक्सेसरिज, हेलमेट, ले गार्ड र झोला सहितका सामाग्री पनि पाउनेछन् कम्पनी जनाएको छ ।

यतिमात्र नभई स्टार अटोले आफ्नै कम्पनीको अफर समेत जोडेर मोटरसाइकल सर्भिसिङमा समेत विशेष छूट दिने जनाएको छ । स्टार अटोका निर्देशकले एलिन बस्नेतले ‘‘स्टार अटोमा आउनुहोस्, बजाजका मोटरसाइकल खरिदमा तिहार धमाका अफर पाउनुहोस्’’ भन्ने नारा सहित स्टार अटोले ग्राहकलाई विशेष सुविधाको घोषणा गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया