कस्तो छ कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था ?

पोखरा । गाईलाई घास काट्न जाने क्रममा शुक्रबार लडेर घाईते हुनुभएका प्रकाश घिमिरेको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको छ । पोखरा मणिपालस्थित शिक्षण अस्पतालमा उपचाररत घिमिरे विस्तारै मान्छे चिन्ने र केही शब्दहरू बोल्न सक्ने हुनुभएको हो ।
हस्पिटलको आइसियू कक्षमा रहनुभएका घिमिरेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

कलाकार घिमिरेलाई पोखरा महानगरपालिका मेयर धनराज आचार्यसहित कला क्षेत्रका व्यक्तिहरू भेट गर्न पुग्नुभएको थियो । घिमिरेको टाउँको, फोक्सो र ढाडमा समस्या देखिएको छ ।

 

तपाईको प्रतिक्रिया