रगत अभाव हुन नदिन लायन्स क्लब अफ पोखरा सराङकोटद्वारा रक्तदान कार्यक्रम

रमेश तिमिल्सिना, पोखरा । देशब्यापी रूपमा देखापरिरहेको रगत अभावलाई कम गर्ने उदेश्यले लायन्स क्लब अफ पोखरा सराङकोटले रक्तदान कार्यक्रम आयोजना गरेको छ । पोखराको विन्धवासानीमा रहेको वडा कार्यालय २ को भवनमा भएको रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ ।

शनिबार भएको रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सनासहित रेडक्रसमा आत्रद्ध व्यक्ति तथा सामाजिक अभियान्ताको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया