काठमाडौं । नेपाल चीनमा जारी एसियाड अन्र्तगत क्रिकेट खेलमा विश्व किर्तीमान कायम गरेको छ । १९ औं संस्करणको एसियाड अन्तर्गत पुरूष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३ सय १४ रनको कीर्तिमानी अंक बनाएको छ ।
यो संगै ९ बलमा अर्धशतक र ३४ बलमा शतक प्रहार गरी नेपाली क्रिकेट टोलीले विश्व किर्तीमान पनि कायम गरेको छ । खेलाडी कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका हुन् ।