देशैभरका शिक्षक काठमाडौंमा आन्दोलित

काठमाडौं । सरकारले हालै संसदमा प्रस्तुत गरेको शिक्षा विधेयकमा समेटिएका विषयहरूमा असहमति जनाउँदै देशभरका शिक्षक काठमाडौंमा आई आन्दोलित भएका छन् ।

हिजो देशका विभिन्न जिल्लाबाट काठमाडौं आई आज विहान १० बजे माइतिघरमा भेला भएर शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन् । विहान १० बजे माइतीघरबाट शुरू भएको आन्दोलन संघीय संसद भवन नयाँ बानेश्वरको नजिकै कोणसभामा परिणत भएको थियो ।

सबै स्थायी शिक्षकलाई उपदानको नभई पेन्सनकै सुविधा हुनुपर्ने, स्थानीय तहले बर्खास्त गर्न सक्ने अधिकार खारेज हुनुपर्ने, माध्यामिक शिक्षा केन्द्रीय इकाइबाटै सञ्चालन हुनुपर्ने, खाइपाई आएको कुनैपनि सेवा सुविधा कटौती हुन नहुने लगायतका माग शिक्षकहरूले राखेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाईमा भएको आन्दोलन माग पूरा नभएसम्म नरोकिने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया