स्टार अटोमा दशै तिहार अफर शुरू, नागरिकता र लाइसेन्स भए मोटरसाइकल पाइने !

काठमाडौं । नेपालीका महान पर्वहरू दशै, तिहार र छठ पर्व नजिकिएसँगै स्टार अटो इन्टरप्राइजेज लैनचौरले दशै तिहार विशेष अफरको शुरूवात गरेको छ । नेपालस्थित आधिकारिक विक्रेताको नियमानुसार नै स्टार अटोले दशै तिहार विशेष अफर शुरू गरेको हो ।

यो अफरअनुसार स्टार अटो इन्टरप्राइजेज लैनचौर गई बजाज कम्पनीका कुनैपनि ब्रान्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले अनलाइन डिजिटल कुम्पनमार्फत २५ गुणासम्म रकम पाउन सक्नेछन् ।

यसरी डिजिटल कुपन स्क्राच गर्दा १० हजारदेखि २ लाख ५० हजारसम्म रकम ग्राहकले प्राप्त गर्न सक्नेछन् । त्यस्तै यो बर्ष दशै तिहार विशेष अफर अन्र्तगत देशका जुनसुकै ठाउँबाट आई स्टार अटोमा मोटरसाइकल खरिद गरेमा विना धितो चालक अनुमतिपत्र र नागरिकता भए केही प्रतिशत डाउन पेमेन्ट गरी कुनैपनि ब्रान्डका बजाज मोटरसाइकल खरिद गर्न सकिने स्टार अटो इन्टरप्राइजेका निर्देशक धनबहादुर बस्नेतले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।

कोराना महामारी र आर्थिक शिथिलता लगायतका कुराहरूलाई मध्यनजर गरी ग्राहकलाई अहिलेसम्मकै ठूलो अफर दिइएको निर्देशक बस्नेतले जानकारी दिनुभयो । केही प्रतिशत डाउन पेमेन्ट, नागरिकता र चालक अनुमति पत्रकै भरमा ग्राहकलाई मोटरसाइकल उपलब्ध गराउने स्किम भने स्टार अटोले आफै जोखिम मोलर उपलब्ध गराएको कम्पनीले बताएको छ ।

तपाईको प्रतिक्रिया