काठमाडौं । स्वास्थ्यमा अपेक्षाकृत सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि छिमेकी मुलुक भारत लगिएको छ । पेट र छातीमा देखिएको संक्रमणमा सोचे अनुरूप सुधार नभएपछि राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत आज विहान भारत लगिएको हो ।
राष्ट्रपतिको स्वास्थ्यमा थप जटिलता नभएपनि यसअघि समेत भारतमा उपचार गरिएकाले चिकित्सकको सल्लाह अनुसार उपचारका लागि भारत लगिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि पनि स्वास्थ्यमा समस्या देखिएपछि गत चैत १८ गते राष्ट्रपति पौडेले चैत १८ गते त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई २२ गते डिस्चार्ज हुनुभएको थियो । मंगलबार साँझ पनि पहिलेकै समस्या देखिएपछि उहाँ त्रि.वि. शिक्षण अस्पातलमा भर्ना हुनुभएको थियो ।