अम्विका वस्ती, काठमाडौं । पिज्जाका पारखीहरूका लागि पिज्जा प्लानेट पर्याबाची शब्द जस्तै बनिरहेको छ । काठमाडौं बौद्धको टुसाल र ललितपुरको कुमारीपार्टीमा रहेको पिज्जा प्लानेटका स्टाफहरूलाई विहानैदेखि भ्याइ नभ्याइ हुन्छ । रेष्टुरेन्टमा गएर पिज्जाको स्वाद लिनेहरू त छदै छन्, यसका अलवा फ्रि होम डेलिभरिका लागि पनि फोन अर्डर उत्तिकै आउने गर्दछ । पिज्जाका लागि ५ किसिमका क्रस्टमा ५० भन्दा बढि फेलेभरमा पिज्जा प्लानेटले आफ्नो सेवा दिदै आएको छ । अमेरिकाको चर्चित ‘‘सिकागो स्टाइलको प्यान पिज्जा’’ पिज्जा प्लानेटको म्ुख्य आर्कषण हो ।
पिज्जाको वास्तविक स्वादमा रमाउन चाहने एक पटक पिज्जा प्लानेट पुग्नै पर्ने बताउँछन्, पिज्जा प्लानेटको पिज्जाका पारखी ललितपुर खुमलटार १५ बस्ने सजय श्रेष्ठ । पिज्जा प्लानेटले विभिन्न पाँच प्रकारका साइजमा १ सय ७० रूपैयाँदेखि २ हजार रूपैयाँसम्मका पिज्जा उपलब्ध गराउँदै आएको सञ्चालक टिमका माधव सिजापति बताउँछन् । स्मल, मिडियम, लार्ज, एक्ट्रा लार्ज र प्लानेट साइज गरी पाँच साइजका पिज्जा यहाँ पाइन्छन् । प्लानेट साइज हाल नेपालमा बन्दै आएका मध्ये सबैभन्दा ठूलो साइजको पिज्जा भएको सञ्चालक टिमका अर्का सदस्य मदनराज श्रेष्ठ बताउनुहुन्छ । प्लानेटमा मुख्यतः चिकेन र भेज, पोर्क पेपरोनी पिज्जा पाइन्छन् ।
पिज्जाका अलवा बोसो रहित मःम, बर्गर, गार्लिक ब्रेड, फ्राइड विङस्, ससेज, सलाद, सुप, पास्ता, ब्लेन्डेड ड्रिङ्स, कफी, मकटेल, आइसीक्रिम लगायतका स्वादिला खानेकुरा पनि पाइन्छ । पिज्जा प्लानेटले आफ्ना ग्राहकहरूलाई इटालियन स्वादको पास्ता पनि उपलब्ध गराउँदै आएको छ । स्थापनाको डेड बर्षमै पिज्जा पारखीको मन मनमा बसिसकेको प्लानेटलाई आफ्ना ग्राहकको माग थेग्न पनि हेम्मेहम्मे पर्न थालिसेको छ । पिज्जाको क्षेत्रमा १५ बर्ष भन्दा बढिको अनुभव संगालेका युवा व्यवसायी केशव भुजेल, माधव सिजापति, मदनराज श्रेष्ठ नेतृत्वको टिमले डेड बर्ष
अघि दुई करोड लगानीमा सञ्चालन ल्याएको पिज्जा प्लानेटले दैनिक करिब ५ सय पिज्जाका पारखीलाई आफ्नो स्वाद र गुणस्तर पस्किदै आएको छ ।
पिज्जा सहितका अन्य परिकारका लागि २५ जनाको सीपयुक्त जनशक्ति रहेको पिज्जा प्लानेट आधुनिक रेष्टुरेन्टको एक अब्बल नमूनाका रूपमा समेत रहँदै आएको छ । यस प्लानेटमा बालबालिका लागि किड्स जोन, मिटिङ, सभा सेमिनारका लागि मिनी हलको समेतको विशेष व्यवस्था रहेको छ ।
जिब्रै लोभ्याउने पिज्जाको स्वाद, सवारी पार्किङ, पूर्णतया एयरकन्डिशन, सुविधायुक्त र व्यवस्थित फर्निसिङ र आर्कषक डिजाइजले जो कोहीलाई पिज्जा प्लानेटप्रति लोभ्याउने गरेको छ । साथीभाईको जन्मोत्सव, पारिवारिक भेटघाट, विभिन्न किसिमका उत्सवका मनाउने थलो पनि बन्दै गइरहेको छ, पिज्जा प्लानेट ।