प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्ने कारागार चलान

काठमाडौं । चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा अभद्र गर्ने तीन जना कारागार चलान भएका छन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका हुन् ।

 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते तीनै जनालाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए । तर रौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएको हो । कारगार चलानमा हुनेमा सोलुखुम्बुका २३ बर्षिय उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का रहेका छन् ।

तपाईको प्रतिक्रिया