कास्की । स्टार नेपाल सहयोगी ग्रुपले पोखरा महानगरपालिका-११ फुलवारीस्थित विश्व गुरुङको उपचार गर्नका लागि आर्थिक सहयोग गरेको छ । ढाडको उपचारमा आर्थिक समस्या भएपछि स्टार नेपाल सहयोगी ग्रुपले ६८ हजार २ सय रुपैयाँ पीडितलाई सहयोग गरेको हो । मलेसियामा रहेका हरि पाण्डेको संयोजकत्वमा जुटेको रकम ग्रुपको तर्फबाट रकम हस्तान्तरण गरिएको छ । बिहिवार उपचारत गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको संयोजक हरि पाण्डेले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की जिल्ला शाखाका अध्यक्ष विमला भण्डारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थितलाई स्टार नेपाली सहयोगी ग्रुपले धन्यवाद ज्ञापन गरेको छ । साथै विश्व गुरुङको उपचारको लागि कुसल समाजसेवी विरही प्रेम लगायतले आर्थिक सहयोग गरेका छन् । गुरुङको उपचारको लागि चाँदनी गिरि (दुवई) राधिका आचार्य (अमेरिका) बिन्दु साउद (कैलाली ) सरिता केसी (कास्की,पोखरा) सङ्गिता ठकुरी ( रुपन्देही,बुटवल) सङ्गिता केसी (नवलपरासी) दिया चौहान (ताप्लेजुङ) सुजता थापा (सिन्धुली) उमा उपाध्य (रुपन्देही, बुटवल) सुमिरा राई (कुवेत ) मीना कदरिया (काठमाडौं) सीता सिग्देल (नुवाकोट) गोकुल अधिकारी (हेटौडा), प्रमिला क्षेत्रि (ईलाम) सरिता भुजेल (अमेरिका) अनिता तामाङ (काठमाडौ ) धर्ना हमाल ठकुरी ( रुपन्देही, बुटवल) लक्ष्मी श्रेष्ठ (काठमाडौ ) सरस्वती पाण्डे (अर्घाखाँची) लगायतले आर्थिक सहयोग गरेका छन् ।