युवा उद्यमी राज कार्की सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं । काठमाडौंको बागबजारस्थित सुट मालाका सञ्चालक एबं सफल युवा उद्यमी राज कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
एक दशकदेखि कपडा तथा सिलाई व्यवसायमा आवद्ध कार्की सोमबार काठमाडौंमा भएको महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाबाट कोषाध्यक्ष पदमा चयन हुनुभएको हो ।
हाल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्ष समेत रहनुभएका कार्कीले छोटो समयमै महासंघको कोषाध्यक्षमा फड्को मार्नुभएको हो ।
महासंघमा निर्वाचित पदाधिकारीको पदावधि ३ बर्षको हुने महासंघको विधानमा उल्लेख छ । व्यवसायी कार्की समाजसेवाका विविधि क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया