उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिका रूपमा जनता समाजवादी पार्टीका नेता तथा सांसद रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरि निर्वाचित भएका हुन् । यादवसँग नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झा प्रतिष्प्रर्धामा थिए ।

उनले संघीय संघकाबाट १४ हजार ५ सय ३६ र प्रदेशसभातर्फ १५ हजार ७ सय ९२ मतभार पाए । विं सं २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी सम्मको अध्ययन गरेका छन् ।

तपाईको प्रतिक्रिया