पपुवा न्युगिनीमाथि नेपालको सानदार जीत

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरूद्ध नेपालले सानदार जीत हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाएर ७.४ ओभरमा सहजै पूरा गर्यो ।

नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे भने कुशल भुर्तेलले १४ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे । त्यस्तै, कुशल मल्लले अविजित १२ रन बनाउँदा नेपालले सानदार जीत हासिल गरे ।

तपाईको प्रतिक्रिया