काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्धमा परेको रिटमा अन्तरिम आदेश जारी भएन । अन्तरिम आदेश जारी गनुर््पर्ने आवश्यक कारण नदेखिएकाले रिटलाई प्रक्रियामा अगाडि बढाइने भएको छ । यद्यपी मुद्दामा कारण देखाउ आदेश भने जारी गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश भने दिएको हो ।