राष्ट्रिय क्रिकेट टीम यूएईसँग पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम यूएईसँग ६८ रनले पराजित भएको छ । युनाइटेड अबर इमिरेट्सको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा ब्याटिक मजबुत नहँदा नेपाल १ सय ३९ रनमा सिमित हुँदै नेपाल अल आउट भयो । नेपालले ३१ दशमलभ पाँच ओभरमा सबै विकेट गुमाएको हो । यूएईले नेपाललाई २ सय ८ रनको लक्ष्य दिएको थियो ।

तपाईको प्रतिक्रिया