विं सं २०२७ सालमा ओखलढुङ्गा जिल्लाको भूसिंगा गा.वि.स. मा जन्मनुभएका धनबहादुर बस्नेत (डि. बी.) अहिले स्टार अटो इन्टरप्राइजेज र स्टार अटो केयरका सञ्चालक हुनुहुन्छ । दुई कम्पनीको सञ्चालकका रूपमा स्थापित हुनुभएका बस्नेतले ३० बर्ष अटो क्षेत्रमा व्यतित गरिसक्नुभएको छ । ओखलढुङ्गा जिल्लाको विकट ग्रामिण भेगबाट २०४८ सालमा एसएलसी पूरा गरी उच्च शिक्षाको अभिलासा बोकेर काठमाडौं प्रवेश गर्नुभएका बस्नेतको संर्घषको कथा सानो छैन ।
शुरूवाती दिन निकै संघर्षमा गुजारेको बस्नेत अहिले सम्झिनुहुन्छ । ग्रामिण मध्यम विर्गीय परिवार भएकाले छोरोलाई काठमाडौं लाग्ने खर्च पठाउने अवस्था परिवारको पनि थिएन । काठमाडौं प्रवेश गरेसँगै उहाका संघर्षका दिन शुरू भए । बस्नेतले शुरूमा काठमाडौंको बौद्धमा डेरा गरी बसेर मित्रपार्कको पशुपति बहुमुखी क्याम्पसमा अध्ययन लागि भर्ना हुनुभयो ।
क्याम्पस विहानी शत्रमा थियो । केही नगरी काठमाडौंमा गुजारा चल्ने स्थिति थिएन । विभिन्न कामको खोजीमा भौतारिदै गर्दा एक पटक निशुल्क अटो ट्रेनिङ दिने ठाउ“मा बस्नेत पुग्नुभयो । र त्यहीबाट शुरू भयो बस्नेतको अटो क्षेत्रको यात्रा । निशुल्क अटो ट्रेनिङको तालिम लिए पश्चात बस्नेतले कामको खोजी गर्दा जादा बौद्धको एक अटो ट्रेनिङमा जोडिनुभयो । तर ६ महिना उहाँले त्यहा विना पैसा इन्र्टनको रूपमा काम गर्नुभयो ।
काठमाडौंको बसाई विना तलब यतिकै गुजारा चल्ने अवस्था थिएन । ६ महिना पछि मात्र यो कम्पनीले बस्नेतलाई ६ सय रूपैयाँ मासिक तलबमा कर्मचारीको रूपमा राख्यो । त्यतिबेला यो पैसाले काठमाडौंमा सामान्य जीवनयापन गर्न पुग्थ्यो । साढे दुई बर्ष बौद्धको उक्त अटो ट्रेनिङमा काम गरेपछि अब आफैले केही गर्नुपर्छ भन्ने भावना बस्नेतको मनमा जाग्यो । तत्पश्चात बस्नेतले स्टार अटो सेन्टर नामक कम्पनी दर्ता गर्नुभयो । कामतिर बढि ध्यान केन्द्रीत हुने बाध्यता भएपछि पढाइ केही छायामा पर्यो । यद्यपी बस्नेतले त्यहाबाट आइ.ए. पूरा गर्नुभयो । आइ.ए.पछिस्नातकमा भर्ना भएपनि कामको व्यवस्ता र काम गर्नै पर्ने बाध्यताले पढाइ थप निरन्तर हुन सकेन ।
शुरूवाती दिन यो कम्पनीले सबै किसिमका मोटरसाइकल रिपेरिङ गर्ने काम थाल्यो र यसको केही समयपछि पाटपुर्जा बेच्ने काम पनि कम्पनीले शुरू गर्यो । आफ्नै कम्पनी खडा भएपछि त्यसलाई कसरी दीर्घकालिन बनाउने भन्ने चिन्ता बस्नेतमा थियो ।
आफै दिनरात खटिएर बस्नेतले कम्पनीको उचाइ थप्दै जानुभयो । आखिर मेहनत र परिश्रम गरे के हुदैन र ? सघर्षको पर्याय बनेर दिनरात कम्पनीलाई माथि उठाउने काममा बस्नेत लाग्नुभयो । केही समयपछि रि–कन्डिशन मोटरसाइकल खरिद–विक्रीका कामहरू पनि थपिए । यहीबीचमा २०६२ सालदेखि स्टार अटोले बजाज मोटरसाइकलकोे आधिकारिक विक्रेता बन्ने अवसर पनि पायो ।
बजाजको आधिकारिक विक्रेता बन्नेपछि स्टार अटोले बजाज मोटरसाइकल विक्री, सर्भिसिङ गर्ने र स्पेर्यस् पार्टसमा बढि केन्द्रीत भयो । आखिर संघर्षको निरन्तरता नै त होनी, सफलता भनेको । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता बनेपछि झन् जिम्मेवारी र चूनौती बढेको महशुस बस्नेतलाई भयो । प्रचार–प्रसारदेखि कामको गुणस्तरीतामा पनि उत्तिकै ध्यान दिने, ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर काम गर्ने परिपाटीले स्टार अटोलाई थप उचाइमा पुर्याउ“दै लग्यो । २०६२ सालमा चार जना कर्मचारीले थ्रि एस (सेल्स, सर्भिसिङ, स्पेर्यस पाट्स ) काम शुरू गर्यो ।
१७ बर्षको अवधिमा कम्पनीमा हाल कम्पनीमा ५० जना कर्मचारी कार्यरत छन् । काठमाडौंको लैनचौर स्थित नेपाल स्काउट भवनबाट स्टार अटोले सेल्सको काम गर्दै आएको छ भने राष्ट्रपति कार्यालयको ठीक पछाडी रानीबारीबाट सर्भिसिङ, स्पेर्यस पार्टसको काम गर्दै आएको छ । जति नै उचाइमा पुगेपनि मानिसको संघर्ष कहाँ रोकिन्छ र ? अनि उचाइमा पुगेर मात्र भएन, सफलतालाई टिकाइराख्न पनि चूनौतीपूण हुने बताउनुहुन्छ सञ्चालक बस्नेत । पछिल्लो समय रूस–यूक्रेन युद्धले विश्वब्यापी रूपमा देखापरिरहेको आर्थिक समस्याबाट नेपाली अर्थतन्त्र र व्यापार व्यवसाय पनि अछूतो छैन । चर्को प्रतिष्प्रर्धा, बैंकको बढ्दो ब्याजदर र विविधि चूनौतीलाई चिर्दै अगाडि बढ्ने योजनामा अहिले तल्लिन हुनुहुन्छ बस्नेत । काम गर्दै जादा बजाज मोटरसाइकल प्रति बस्नेतको मोह झन् झन् बढिरहेको छ । त्यसैले उहाँले आफनो नाम थरको पछाडि डि.बी बस्नेत बजाज भनेर लेख्दै आउनुभएको छ ।