काठमाडौं– आम लगानीकर्ताले शेयर बजारमा गरेको लगानीको चरम वेवास्ता गर्दै राष्ट्र बैंकले एकपछि अर्को असफल नीति अंगिकार गरेपछि नेपाली शेयर बजार नै धरापमा परेको छ ।
बैंक तथा वित्तिय क्षेत्रको समउचित व्यवस्थापन र प्रवाभकारीतामा कुनै ध्यान दिन नसकेको राष्ट्र बैंकले सधै लगानीकर्तालाई तारो बनाउने नीति अवलम्बन गरेको छ ।
लघुवित्तका ऋणमा मारमा परेको भन्दै केही ऋणीले आन्दोलन गरेपछि लघुवित्तको घाटी नै निमोठ्ने गरी योग्यता पुगेपनि एक भन्दा बढि लघुवित्त संस्थाबाट एक जनाले ऋण लिन नपाउने नीति अख्तियार गरेपछि साताको अन्तिम कारोबार दिन लघुवित्तको समग्र बजार सूचक ९.५४ घटेको छ । विहीबारको कारोबारमा नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ कायम भएको छ ।
यस कारोबार दिन कुनैपनि उपसूचक बढ्न सकेनन् । राष्ट्र बैंकले अख्तियार गरेको गलत नीतिका कारण पछिल्लो १ बर्षदेखि शेयर बजार नै धरमरमा परेको छ ।