ललितपुर । मारवाडी सेवा समिति नेपाल श्री पशुपति धर्मशाला गौशालाले क्यान्सर रोगका विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठलाई सम्मान गरेको छ ।
नेपाल क्यासर हस्पिटल एण्ड रिसर्च प्रा. लि. का संस्थापक एबं कार्यकारी निर्देशक समेत रहनु भएका डा. श्रेष्ठलाई समितिले नेपालमै क्यासन्सर रोगको सम्भव छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै क्यान्सर रोगको क्षेत्रमा पुर्याएको योग्दान कदर गर्दै मंगलबार सम्मान गरेको हो ।
डा. श्रेष्ठ विगत १५ बर्षभन्दा बढि समयदेखि क्यान्सर रोगको उपचार, खोज तथा अनुसन्धानमा सक्रिय रह“दै आउनुभएको छ ।