काठमाडौं– मंगलबार शेयरबजार नेप्से परिसूचक ८.१५ अंकले बढ्दा कारोबार रकम भने अघिल्लो दिनको भन्दा घटेको छ । सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार उक्त रकम घटेर ३ अर्बमा खुम्चिन पुग्यो । सामान्य अंकको वृद्धिपछि नेप्से पसिसूचक २१७३ अंकमा पुगेको छ ।