के भने गृहमन्त्री रवि लामिछानेले ?

काठमाडौं । चौतर्फी प्रश्नको घेराबन्दीमा परेपछि  उपप्रधानमन्त्री  एबं  गृहमन्त्री रवि लामिछानेले ज्यान मुद्दामा फरार रहेका प्रतिवादी एंब नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरी छिट्टै पक्राऊ गर्ने संकेत गरेका छन् ।

उपसभामुखको निर्वाचनपछि संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानले छिट्टै नतिजा बाहिर आउने बताए । उनले भने ‘म बोल्ने मात्र हैन, गरेर पनि देखाउँछु, छिट्टै नतिजा आउँछ’’ ।

फरार भनिएका महत्तोलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरीलाई पत्रचार समेत गरेका अवस्थामा लामिछानेको यस्तो अभिव्यक्ति आएको हो ।

तपाईको प्रतिक्रिया