इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरू

काठमाडौं । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचको एकीकृत कारोबार बुधबारदेखि शुरू भएको छ । मर्जरपछि बैंकको सञ्चालक समितिको अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा पनि नेपाल इन्भेष्टमेन्ट बैंकका ज्योतिप्रकाश पाण्डे कायम रहनुभएको छ ।

तत्कालका लागि कोर बैंकिङ सिस्टम पनि हाल नेपाल इन्भेष्टमेन्ट बैंकको प्रयोग गरिएको छ । दुई बैंक मर्ज भएर नेपाल ‘इन्भेष्टमेन्ट मेगा बैंक’को नामबाट एकीकृत कारोबार शुरू गरिएको हो ।

तपाईको प्रतिक्रिया