लुम्बिनीमा सरकार गठनका लागि पुस २७ सम्मको समय

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गनुभएको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक भएपनि सरकार निर्माणका लागि कसैको स्पष्ट बहुमत छैन । सरकार निर्माणका दलहरू मिल्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया