काठमाडौं– लामो समयदेखि निरासाजनक रहेको शेयर बजार अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए लगत्तै लयमा फर्किएको छ । चार महिनाको अन्तरालपछि नेप्से परिसूचकले दुई हजारको विन्दु नाघ्दै २०२९.०३ मा पुगेको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकै दिन ५६.८८ अंकले बृद्धि भएको छ । बजारका सबै उपसूचकमा उछाल आउँदा कारोबार रकम पनि झण्डै तीन अर्वको आसपासमा पुगेको छ ।