पर्यटन क्षेत्रको विकासमा तीन तहका सरकार लाग्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनको लागि तीन तहकै सरकार आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले तीनै तहका सरकारको समन्वयमा मात्र पर्यटन विकास सम्भव रहेको बताउनुभएको हो ।

उहाँले नेपालमा पर्यटकहरूको भ्रमण तथा अध्ययनको लागि संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसीक गन्तव्यहरू रहेको भन्दै त्यस्ता विषयबस्तुहरू माथि प्रकाश पार्नुभयो ।

तपाईको प्रतिक्रिया