सात दिन भित्र प्रधानमन्त्रीमा दाबि पेश गर्न राष्ट्रपति विद्यादेवि भण्डारीले दलहरूलाई समय दिएका छन् । संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको हो ।
संविधानको धारा–७६ को उपधारा–१ अनुसार कुनै दलले प्रतिनिधिसभा बहुमत प्राप्त नगरेपछि धारा ७६ (२) बमोजिमको सरकार गठनका लागि बाटो खुल्ला भएको हो । अब दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने सवैधानिक व्यवस्था छ ।





