सर्वोच्चको आदेशबाट देश चलाउनु प्रतिगमन हो  : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार चलाउनु प्रतिगमन भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको सन्दर्भलाई अध्यक्ष ओलीले अदालतको आदेशबाट सरकार संचालन गर्ने काम प्रतिगमन भएको आरोप लगाएका हुन् ।

आइतबार कालीकोटमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तत्कालिन समयमा आफ्नो नेतृत्वको सरकारले गरेको लोकप्रिय कामबाट अतालिएर सरकार ढलाइएको आरोप लगाए । सम्बोधनक्रमा ओलीले बर्तमान सत्ता गठबन्धनलाई फुटेको हाडीको टुक्राको संज्ञा दिए ।

तपाईको प्रतिक्रिया