सुप्रिम कलेजको नवौं बार्षिक उत्सव सम्पन्न

काठमाडौं – काठमाडौंको सामाखुसीमा अवस्थित सुप्रिम कलेजको नवौ बार्षिक उत्सव सम्पन्न भएको छ । प्लस टु देखि स्नातक तहसम्म विभिन्न विषयमा अध्यापन गराउँदै आएको कलेजले नवौ बार्षिक उत्सवको अवसरमा एकल तीज नृत्य प्रतियोगीता सहित अन्य साँस्कृतिक कार्यक्रम गरी आफ्नो बार्षिक उत्सव मनाएको हो ।

त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीको प्रमुख आथित्य सहित, टोखा नगरपालिका जनप्रतिनिधिहरूको विशेष आथित्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा परिक्षा नियन्त्रक पुष्पराज जोशीले गुणस्तरीय शिक्षामा सुप्रिम कलेजले सहरायिन योग्दान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कोराना सहित अन्य विविध प्राविधिक कारणले त्रि.वि.को नतिजा प्रकाशनमा ढिलाई हुने गरेकाले अगामी दिनमा कमजोरी सुर्धादै नतिजा व्यवस्थापनमा ध्यान दिने पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल रमेशचन्द्र अधिकारीले सुप्रिम कलेज छोटो समयमै आफ्नो विशेष पहिचान स्थापित गर्न सफल सावित भएको बताउनुभयो । कलेजका प्रशासकीय प्रमुख रामचन्द्र भट्ट (आरसी) ले सञ्चालन गरेको कार्यक्रममा कलेजका अध्यक्ष, निर्देशक, सबै संकायका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया