काठमाडौं । भारतको नेटवर्क ७ मिडियाद्वारा हरेक बर्ष प्रदान गरिदै आइएको हेल्थकेयर लिडर अफ द इअरको अवार्ड यस बर्ष नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका संस्थापक अध्यक्ष एबं कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठले प्राप्त गर्नुभएको छ । नेपाल जस्तो विकाशिल राष्ट्रमा आफ्नै सक्रियतामा हस्पिटल स्थापना गरी गुणस्तरीय सेवा प्रवाह गर्दै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योग्दान पुर्याएको मुल्याङ्कन डा. सुदिप श्रेष्ठलाई यो अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड आगामी सेप्टेम्बर १० मा भारतको मुम्बईमा हुने पन्ध्रौ फर्मासिटकिल्स लिडरसीप समिट तथा फर्मा लिडर्स हेल्थकेयर लिडरसीप अवार्ड २०२२ को सम्मेलनमा भारतीय स्वाथ्य मन्त्रीले डा. श्रेष्ठलाई प्रदान गर्नुहुने छ ।
अवार्डका लागि विभिन्न देशका १२० छनोट भएपनि योग्दानका आधारमा अन्तिम चरणमा ६ जना अवार्डका लागि नोमिनेसनमा पुगेका थिए । श्रेष्ठले विगत १० बर्षभन्दा बढि समयदेखि अनवरत रूपमा स्वास्थ्य क्षेत्रमा खटिदै आउनुभएको छ । यसका अलवा श्रेष्ठ आधा दर्जन संघ संस्थाको नेतृत्वमा रहेर क्यान्सर सचेतनाका लागि समेत निरन्तर काम गर्दै आउनुभएको छ ।