काठमाडौँ- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा भोलि साउन १८ गतेबाट आवेदन दिन सकिने छ ।
सर्वसाधारणले साउन १८ गते देखि २२ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा भाद्र १ गतेसम्म आवेदन दिन सकिनेछ।
लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये मध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टाएर बाँकी ९ लाख १३ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका दरले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।