५७७ जनामा संक्रमण पुष्टी, २ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५७७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ४७४ पीसीआर परिक्षणबाट ३९१ र १ हजार ८०८ एन्टीजेन विधिबाट १८६ गरी कुल ५७७ जनामा संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या २ रहेको मन्त्रालयले जनाएको छ।

आज २६९ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ रहेको छ।

तपाईको प्रतिक्रिया