क्यान्सर दिवसको अवसरमा चिकित्सकले साटे अनुभव

ललितपुर, विश्व मुख तथा घाँटी क्यान्सर दिवसको अवसरमा क्यान्सर बिजेताहरूले आफ्ना अनुभवहरु साटेका छन्। बुधबार नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरद्वारा आयोजित कार्यक्रममा मुख तथा घाँटीको क्यान्सर बिजेताहरुले आफ्नो अनुभव सुनाएका हुन्।

नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा उपचारका लागि सहयोगी हातहरूले क्यान्सर बिजेताहरुलाई उत्प्रेरणा र सकारात्मक बनाउने उदेश्यले मुख तथा घाँटीको क्यान्सर र यसको उपचारबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरका हेड एण्ड नेक क्यान्सर सर्जन डा.प्रभात ठाकुरले यस अस्पतालमा करिव १५ सय जनाको सर्जरी गरिसकेको बताए । उनले सुर्तिजन्य पदार्थको सेवन नै मुखको क्यान्सरको मुल कारण भएको बताए।

क्यान्सर बिजेता राम शर्माले आफ्नो अनुभव शेयर गर्दै इन्डियामा तथा जापानमा उपचार गर्दा पनि समस्या समाधान नभएको अहिले नेपालमै डाक्टरहरूले बचाएको दाबी गरे। उनले भने ‘म गुट्खा र चुरोट खान्थे गालामा अल्सर देखियो, जापानमा काम गर्थे, समस्या देखिएपछि इन्डियामा आएर सर्जरी गरे र जापान फर्के। पुन पिलो जस्तो आयो तर त्यो ट्युमर रहेछ क्यान्सर नै रहेछ, जामानमा ३३ पटक रेडियसन चलाए, ठिक भएन। नेपालमै मर्छु भनेर यहाँ फर्के। यहाँ अरु अस्पतालमा पानी निकाल्ने मात्र काम भयो। तर डा प्रभात ले डाइग्नोष्टिक गरी अप्रेशन गरेर दाँत हड्डी पनि नकाटी र प्यारालाइसिस पनि हुनबाट बचाएर नयाँ जिवन पाएको बताए ।

त्यस्तै, जिब्रोको क्यान्सर जितेकी काठमाण्डौकी कन्चनजीले भनिन् ‘जिब्रोमा घाउ आयो, अनेकौ प्रयास गर्दा पनि निको भएन, पछि मात्र थाहा भयो क्यान्सर रहेछ। दुई वर्ष भयो अहिले ठिक छु।’

मुखको क्यान्सर बिजेता प्रदिप सापकोटा, अरुण देव भट्टराई र थाइराइड क्यान्सरको विजेता मुकुन्द थापाले पनि आफ्नो अनुभवहरु शेयर गरेका थिए।

डा प्रभात ठाकुरले जिब्रोको क्यान्सरको अप्रेशन अली कठिन हुने बताए। उनले भने ‘सामान्यतया जिब्रोको अप्रेशन गर्दा तीन कुरामा ख्याल गर्नुपर्ने हुन्छ। खान मिल्ने, बोल्न मिल्ने तथा देखिँदा राम्रो होस भन्ने हुन्छ हामीले उहाको केसमा त्यो म्यन्टेन्स गरेका छौ।’ उनको ९५ प्रतिशत निकालेर जिब्रो प्रत्यारोपण गरिएको छ।

कार्यक्रममा बोल्दै हस्पिटलका प्रमुख बच्चु कैलाश कैनीले नेपालमै उपचार गर्न, समय सापेक्ष रुपमा विकास तथा ९० प्रतिसत सन्तुष्टिको लक्ष्य राखेकोमा ९२ प्रतिशत देखिएको बताए ।

त्यस्तै हस्पिटलका रेडियसन अन्कलोजिस्ट डा गिशुप प्रशिकोले भने ‘कुनै पनि क्यान्सर अर्ली डाइग्नेसिस तथा सही उपचार पाए निको हुने अवस्था हो। प्रविधिहरु धेरै राम्रो आईसकेको छ। यो लर्निङ एण्ड शेयरिङ प्रोसेस हो। हामीले पढ्दा यस्तो प्रविधि र उपचारको कल्पना नगरिएको सुविधा विकास भएको छ।’

नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराइले हामीले अधिराज्यभर क्याम्प गरिरहेका छौ। स्क्रिनिङ क्याप्प अनगिन्ती गरेका छौ। काउनेसिलिङ मा पनि उत्तिकै काम गरिरहेका छौ। कन्फिडेन्ट बिरामीलाई चाहिने सबै भन्दा ठुलो कुरा हो। सुर्ती जन्य पदार्थको विक्री निषेध नगरेर सरकारले नै हामीलाई मारिरहेको छ। उनले सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण बन्द गर्नुपर्छ। खानपान र जिवनशैलीको चेतना र अभ्यासले हामी आफै ४० देखि ५० प्रतिशत क्यान्सर कम गर्न सक्छौ। क्यान्सर रोगबारे जनचेतना बढाउनु पर्ने र यसको सहज उपचारको पक्षमानै लागिरहेको बताए।
कार्यक्रममा मेडिकल अन्कोलोजिस्ट डा विजेसराज घिमिरे, कन्सल्टेन्ट प्याथोलोजिस्ट डा हरि ढकाल तथा अस्पताल निर्देशक स्वरुपा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया