एकै दिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४५७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २ हजार ३४१ पीसीआर परिक्षणबाट ३८६ र २ हजार ३१० एन्टीजेन विधिबाट ७१ गरी कुल ४५७ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ।

आज ४८ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७७६ रहेको छ ।

तपाईको प्रतिक्रिया