भानु जयन्तीको अवसरमा सुप्रिम कलेजमा कविता बाचन प्रतियोगिता

काठमाडौं । १०९ औं भानु जयन्तीको अवसर पारेर काठमार्डौमा रहेको सुप्रिम कलेजले कविता बाचन प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीहरूलाई साहित्यमा रूची बढाउँदै स्रष्टाहरूको बारेमा जानकारी होस् भन्ने हेतुले पद्य कविता बाचन कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ठ लय कविता बाचन गर्नेहरूलाई प्रथम, दितिय, तृतिय र सान्तवना घोषणा गरियो ।

प्रतियोगीतामा मिलन बुढा मगर प्रथम,प्रदीप पण्डित दोस्रो, सन्तोषी काफ्ले तेस्रो र रमिला कँडेलले सान्त्वना स्थान हासिल गरे । कविता बाचन कार्यक्रममा स्नातक तहमा विभिन्न संकायमा अध्ययनरत १० जना विद्यार्थीले भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया