११३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४ सय ७१

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार ५४९ पीसीआर परिक्षणबाट ९०  र १ हजार १७५ एन्टीजेन विधिबाट २३ गरी कुल ११३ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ।

आज २० जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ४७१ रहेको छ ।

तपाईको प्रतिक्रिया