सरकारको नीति कार्यक्रम पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेको नीति कार्यक्रम पारित भएको हो ।

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट शुक्रबार नै बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारले भोली बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया