क्यान्सर बारे जनचेतना फैलाउन सामूहिक पैदलयात्रा

ललितपुर । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीले आफ्नो पाँचौ बार्षिक उत्सव पारेर क्यान्सर रोगबारे जनचेतना फैलाउन सामूहिक पैदल यात्रा गरेको छ । सबै खाले क्यान्सर रोगको उपचार नेपालमै सम्भव छ भनेर प्रमाणित गर्दै आएको हस्पिटलले आम सर्वसाधरणमा क्यान्सर रोग बारेको बुझाइमा परिवर्तन आसोस् भन्ने हेतुले हस्पिटलका सबै विभागका कर्मचारी, सञ्चालक समितिका सदस्य, नेपाल क्यान्सर सर्पोट ग्रुपका सदस्यहरू सहितको सहभागीतामा बाजागाजा सहितको पैदल यात्रा निकालेको हो ।

पैदल यात्रा ललितपुरको लगनखेलबाट शुरू भएर जाउलाखेलमा आएर सम्मापन भएको थियो । ‘‘नेपालीको क्यान्सर उपचार नेपालमै’’ भन्ने नारालाई आत्मासाथ गर्दै आएको हस्पिटलले अगामी २० गते आफ्नो बार्षिक उत्सव मनाउँदै छ । उक्त बार्षिक उत्सवको पूर्वसन्ध्यामा रक्तदान सहित खेलकूद सहित अन्य विभिन्न कार्यक्रम हुदै छन् भने जेठ महिनाभर बार्षिक उत्सव मसान्त मनाइने हस्पिटलका कार्यकारी निर्देशक सुदिप श्रेष्ठले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया