राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ-आइबार राष्ट्रपति विद्यादेवी भण्डारीले  औषधि र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् ।

राष्ट्रपतिले औषधि (तेस्रो संसोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश, २०७९  जारी गरेकी हुन् ।

तपाईको प्रतिक्रिया