काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन कोरोना भाईरस बिरुद्दको खोप कार्यक्रम नरहेको बताएको छ ।
आइतबार मन्त्रालयबाट जारी बिज्ञप्तिमा भनिएको छ मतदान स्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने जनाएको छ ।
निर्वाचनको अघि र पछिका दिनहरुमा खोप केन्द्रहरुमा नियमित खोप अभियान संचालन हुने मन्त्रालयले जनाएको छ ।