जेठ १ गते देखि हप्ताको दुई दिन सार्वजनिक बिदा

काठमाडौँ-  सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गते देखि लागु हुने हाललाई परिक्षणको रुपमा शनिबार र आईतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

सोमबार देखि शुक्रबारसम्म भने कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

 

 

तपाईको प्रतिक्रिया