गभर्नर महाप्रसाद अधिकारीको रिटमा सुनुवाई हुदै

काठमाडौँ-  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर रिटमाथि सुनुवाइ सुरू भएको छ।

आफूलाई सरकारले विभिन्न आरोप लगाएर गरेको निलम्बन र छानविन समिति विरूद्ध गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा गत बैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अन्तरिम आदेशको निरन्तरता सम्बन्धमा आज पेशी चढेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाई भईरहेको छ।

दुई पक्षबीच छलफल गराएपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा आज निर्णय हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया