पद भन्दा बढी उदेश्य ठुलो हुनुपर्छ: सुनिता डंगोल

काठमाडौँ- नेकपा एमालेबाट काठमाडौंको उपमेयर उम्मेदवार सुनिता डंगोलले पद भन्दा बढी उदेश्य ठुलो हुनुपर्ने बताएकी छन्।

डंगोलले सोमबार मेयरका उम्मेदवार केशव स्थापित सहित उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवार दर्ता गर्ने क्रममा उनले केशव स्थापित जस्तो अनुभवी व्यक्ति संग ‘टाइ-अप’ गर्न पाउनु भनेको  हामी सबै काठमाडौँ बासिन्दाहरुको लागि एउटा उदाहरण हुने बताएकी छन् ।

उनले ‘अनुभवहरुको अनुभवी, बिज्ञहरुको बिज्ञता र युवाको जोस हुनु अनि बल्ल काठमाडौँ महानगरपालिका उदाहरण बन्ने छ ।’ बताएकी छन्।

यस अघि स्वतन्त्र रुपमा मेयरमा उम्मेदवार दर्ता गर्नका लागि घोषणापत्र समेत सार्वजनिक गरि सकेकी थिईन् ।

तपाईको प्रतिक्रिया