मेयरमा उम्मेदारी बन्न रेणु दाहालले दिईन् राजिनामा

काठमाडौँ-  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान  निर्वाचन आयोगले राखेपछि दाहालले राजीनामा दिएकी हुन्।

उनले ‘महानगरपालिकाको नगरप्रमुख  पदमा उम्मेदवारी दर्ता गर्ने हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै भरतपुर महानगरपालिका चितवनको नगरप्रमुखको पदबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा लेखिएको छ  ।

 

तपाईको प्रतिक्रिया