काठमाडौँ- पाँच दलीय सत्तारुढ दलहरुको स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि भागवण्डा टुंगिएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्ता गठवन्धनका पाँच दल बीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।
जस अनुसार महानगरपालिकाको मेयरका लागि कांग्रेसलाई ३, नेकपा माओवादी केन्द्रका लागि १, जनता समाजवादी पार्टीका लागि १ र नेकपा एकीकृत समाजवादीका लागि १ वटा भाग लागेको छ ।
सहमतिपत्र हेर्नुहोस् ।







