काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेप्से १३.३७ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ०.५७ प्रतिशतले बढेर २३५७.२४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स ३.६१ अंकले बढेर ४४७.७६ विन्दुमा पुगेको छ।
कारोबारको आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १ अर्ब ३२ करोड ६१ लाख ६५ हजार ९३१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सर्वाधिक रकमको शेयर कारोबार नबिल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ६ करोड ३० लाख माथिको शेयर कारोबार भएको छ ।
आज सबै परिसूचक बढेका छन् । अन्य समुहको परिसूचक सवैभन्दा बढी १.०९ प्रतिशतले बढेको छ।