अर्जुन दासको हत्या आरोपमा फरार चार अभियुक्त पक्राउ

काठमाडौँ-  कैलालीको जानकी गाउँपालिका-९ स्थायी घर भएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा फरार चार अभियुक्तलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

मनोज भण्डारी समेतका साथीहरूको समूहले गत पुस ३ गते कैलालीको जानकी गाउँपालिका-९ सामुदायिक वन-जंगल अर्जुनको विभत्स हत्या गरेको आरोप लागेको छ ।

उनीहरुलाई जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा यस अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले हिजो पक्राउ महानगरिय अपराध महाशाखाले जनाएको छ ।

उनीहरुलाई  कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता रहेकोले थप अनुन्धान तथा कारवाहीको लागि आज  जिल्ला प्रहरी कार्यालय, कैलाली पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया